अरुण काबेलीले तोक्यो शतप्रतिशत हकप्रदको बुकक्लोज

0
Shares

अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २५ गते सेयरधनी दर्ता किताब बन्द मिति (बुकक्लोज) तोकेको छ ।

कम्पनीले तय गरेको बुकक्लोज अनुसार असार २४ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउनेछन् ।

कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि २०७८ कात्तिक २८ गते बोर्डमा निवेदन दिएको थियो । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार १३ गते अनुमति पाएको हो ।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।