एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले असार २० गते बुधबार देखि असार २७ गतेसम्म आवेदन दिन पाउनेगरी उक्त सेयरको बिक्री खुला गरेको हो । कोषको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४५ रुपैयाँ तोकिएको छ ।

न्यूनतम तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापटल लिमिटेडले जनाएको छ ।

सेयर बाँडफाँडमा प्राप्त गर्ने सेयरधनीहरूले असार २० गतेपछि कोषले घोषणा गर्ने लाभांश तथा हकप्रद सेयर समेत प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।