एनआईएमबि एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फन्डले जेठमा कस्तो गरे प्रगति ?

0
Shares

एनआईएमबि एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित चारवटै सामुहिक लगानी कोष योजनाको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सबै योजनाको वित्तीय अवस्थामा सुधार भई नाफामा पुगेपछि सबैको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेकाे हाे ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एनआईबिएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ७८ पैसा, खुलामुखी म्युचुअल फन्ड एनआईबिएल सहभागिता फन्डको ४८ पैसा, एनआईबिएल समृद्धि फन्ड–२ को ५८ पैसा र एनआईबिएल ग्रोथ फन्डको २९ पैसाले न्याभ बढेको छ । जसमध्ये जेठमा चारवटै फन्डको नाफा सुधारिएको छ ।

जेठको विवरण अनुसार सात वर्ष अवधिको एनआईबिएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ७८ पैसा बढेर १० रुपैयाँ २८ पैसा रहेको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ५० पैसा थियो । योजनाका आकार कुल ७५ करोड रुपैयाँ रहेको यस योजनाको लगानी ४७ करोड ९१ लाख ८६ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १४ करोड २५ लाख ५१ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको ऋणपत्रमा र मुद्दती निक्षेपमा लगानी छैन भने बैंक मौज्दातमा १३ करोड ९७ लाख २३ हजार रुपैयाँ बचत रहेको छ ।

गत बैशाखमा ३ करोड ७८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको फन्ड जेठमा २ करोड ८ लाख १८ हजार रुपैयाँ नाफामा पुगेको छ । जेठमा ३ करोड ३८ लाख ९६ हजार कुल आय गरेको फन्डको खर्च १ करोड ३० लाख ७८ हजार रुपैयाँ छ ।

यस्तै खुलामुखी योजना एनआईएमबि सहभागिता फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ४८ पैसा बढेर १० रुपैयाँ ४५ पैसा रहेको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९७ पैसा थियो । योजनाका आकार कुल १ अर्ब ७३ करोड २२ लाख ३९ हजार ७१० रुपैयाँ रहेको यस योजनाको जेठसम्म लगानी ८० करोड १७ लाख ७३ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १७ करोड ७८ लाख ६४ हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डको १३ करोड ६९ हजार रुपैयाँ बराबरको ऋणपत्रमा लगानी छ भने २६ करोड ३० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै फन्डले ४२ करोड १ लाख रुपैयाँ बैंक मौज्दात रहेको छ ।

गत बैशाखमा २ करोड १७ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा पुगेको फन्डको जेठमा नाफा ५ करोड ८३ लाख ७६ हजार रुपैयाँ छ । जेठमा ७ करोड ७४ लाख ७४ हजार कुल आय गरेको फन्डको खर्च १ करोड ९० लाख ९७ हजार रुपैयाँ छ ।

यसैगरी दश वर्ष अवधिको अर्को सामुहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फन्ड–२ को प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा ५८ पैसा बढेर ९ रुपैयाँ पुगेको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ४२ पैसा थियो । योजनाका आकार कुल १ अर्ब ५० करोड रुपैयाँ रहेको यस योजनाको ७० करोड २९ लाख ९५ हजार रुपैयाँ लगानी सूचीकृत कम्पनीको सेयरमा, १७ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । फन्डले १२ करोड २८ लाख ४४ हजार रुपैयाँ ऋणपत्रमा र २२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै बैंक मौज्दातमा १० करोड १ लाख ४० हजार रुपैयाँ छ ।

गत बैशाखमा २ करोड १३ लाख २ हजार रुपैयाँ नोक्सानीमा पुगेको फन्डको जेठमा ६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफामा पुगेको छ । जेठमा ८ करोड ८२ लाख ८ हजार कुल आय गरेको फन्डको खर्च २ करोड २० लाख ९६ हजार रुपैयाँ छ ।

यसैगरी दश वर्ष अवधि रहेको एनआईबिएल ग्रोथ फन्डको जेठ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य अघिल्लो महिनाको तुलनामा २९ पैसा बढेर १० रुपैयाँ ३ पैसा रहेको छ । गत बैशाखमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा थियो । योजनाका आकार कुल १ अर्ब ३२ करोड रुपैयाँ रहेको यस योजनाको लगानी ४४ करोड ४६ लाख १८ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा, १५ करोड ९६ लाख ७० हजार रुपैयाँ सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएको सेयरमा लगानी छ । यस्तै फन्डले १९ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ भने ऋणपत्रमा ५करोड ८३ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै बैंक मौज्दातमा ४५ करोड ४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

गत बैशाखमा ३ करोड ३८ लाख २५ हजार रुपैयाँ नोक्सानीमा पुगेको फन्ड जेठमा आउँदा ४४ लाख ३७ हजार रुपैयाँ नाफामा पुगेको छ । जेठमा २ करोड ४६ लाख ७० हजार कुल आय गरेको फन्डको खर्च २ करोड २ लाख ३३ हजार रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।