अरुण काबेलीको हकप्रद भर्न आजसम्म सेयरधनी बन्नैपर्ने

0
Shares

अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर पाउन आइतबारसम्म सेयरधनी कायम भैसक्नुपर्नेछ । बुकक्लोज अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार २५ गते सोमबार बुकक्लोज मिति तोकेको छ । कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि–१ जलविद्युत आयोजना निर्माण पूरा गरी २०७६ कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।