गरिमा क्यापिटलमा सञ्चालक हेरफेर, दिपक पाण्डेय अध्यक्ष

0
Shares

गरिमा क्यापिटल लिमिटेडमा सञ्चालक समितिका सदस्य परिवर्तन भएका छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका हुन ।

नयाँ सञ्चालक समितिमा दिपक पाण्डेय अध्यक्ष, माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, अनिल रेग्मी र राम प्रसाद श्रेष्ठ सञ्चालक, नगीमा श्रेष्ठ र महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक , निर्मल भट्टराई प्रमुखकार्यकारी अधिकृत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।