सुन चाँदीको मूल्य दुई दिनयता स्थीर, कतिमा हुँदैछ खरिद बिक्री ?


नेपाली बजारमा सुन चाँदीको मूल्य आज मंगलबार पनि स्थिर रहेको छ । आइतबार तोला ७०० रूपैयाँले बढेको सुनको मूल्य पछिल्लो दुई दिन सोमबार र मंगलबार स्थिर बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३०० रूपैयाँ कायम छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ । सुन आइतबार र सोमबार पनि आजकै भाउमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज मंगलबार स्थिर नै छ । सोमबार प्रतितोला १ हजार ३९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदीको सोही मूल्य कायम थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा महासङ्घले नेपालमा सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९२५ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार १४ : १० बजे