मिलोमतोमा ब्याज निर्धारण गर्दा त्यसले ढिलोचाँडो समस्या ल्याउँछ : अर्थमन्त्री 


अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर लगायत विषय मिलोमतोमा निर्धारण हुन थाल्यो भने त्यसले ढिलोचाँडो समस्या सिर्जना गर्ने बताएका छन् । उनले मिलेमोतोमा भन्दा पनि वित्तीय क्षेत्रमा स्वास्थ्य प्रतिस्पर्धा जरुरी रहेको औँल्याएको हुन । 

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्ने बताउँदै मन्त्री महतले भने,“ ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने त्यसले ढिलोचाँडो समस्या सिर्जना गर्छ ।” वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी देखिएको उनको भनाई छ । 

वित्तीय सङ्घसंस्थाले सुविधा पाएनौ मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्व नियमनमा रहे अर्थतन्त्र स्वास्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने मन्त्री महतले बताए । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा बोल्दै महतले भन्ने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्,  सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्थामा लाग्यो भने यसले सकारात्मक नतिजा दिन्छ ।’

२०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएसँगै निजी क्षेत्रको ठूलो उपस्थिति रहेको उनले बताए । “वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रुपमा भएको छ,” उनले भने,“ प्रविधिमा आएको परिवर्तनले पारदर्शिता पनि विकसित भएको छ । यो सबैका लागि खुशीको कुरा हो ।”

बैंक र वित्तीय संस्थाहरुको कार्यपद्धति अन्तर्राष्ट्रियस्तर रहेको बताउँदै उनले आमउपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने विश्वास गरेको छु ।” अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको उनको भनाइ छ । अहिले प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको जानकारी उनले दिए । सहकारीलाई नियमन गर्ने संस्था स्थापना गर्ने विषय हामी छिट्टै कार्यान्वयनमा आउने उनको भनाइ छ । 

वित्तीय संस्था धेरै छन्, साना वित्तीय संस्थाले पनि ठूलो स्वरुप ग्रहण गरेका छन् । कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको अवस्था पनि छ । यसबारेमा राष्ट्र बैंकले उचित निर्णय लिने बताउँदै उनले तत्कालको परिवेश हामी केही समस्याबाट बाहिर निस्कने क्रममा हामी छौं ।” पछिल्लो तथ्यांक अनुसार मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल आउनु सुखद् रहेको भन्दै उनले आउँदो वर्ष ६.५ प्रतिशतमा ल्याउने बताए ।

मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको बताउँदै उनले भने,“पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्छ ।” मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको उनले बताए । 

आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई सम्बोधन गर्ने उनको विश्वास छ । बैंकसँग तरलता भए पनि पूँजी प्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरू समाधानको बाटो खोज्नुपर्छ । ठूला लगानीकर्तामा मात्रै पूँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरु पूँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने उनको भनाइ छ । 

बैङ्कर र उद्योगी एउटै व्यक्ति भएपछि बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति रहेको उनको बुझाइ छ । आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचना परिवर्तन गर्दै मध्यम र साना लगानीकर्तामा पूँजी प्रवाह हुने उनको बुझाइ छ । बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिप्रेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको मन्त्री डा. महतले बताए । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।