‘गरिबको चमेली बोल्दिने कोही छ र ?’ गीत गाउँदै काठमाडौं महानगरअघि प्रदर्शन

0
Shares

ठेलागाढालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै कठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूले बुधबार बिहान ‘गरिबको चमेली बोल्दिने कोही छ र ?’ भन्दै मेयर बालेन्द्र शाहलाई व्यङ्ग्य गर्दै प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

उनीहरूले महानगरको प्रहरीले ठेलागाढालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोध गरेको जनाएका छन् । साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको माग छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।