आइएमई लाइफको आईपीओमा ६ हजार ९३६ वटा आवेदन मार्फत परेको ३ करोड १४ लाख रुपैयाँको माग रद्द

आइएमई लाइफको आईपीओमा ६ हजार ९३६ वटा आवेदन मार्फत परेको ३ करोड १४ लाख रुपैयाँको माग रद्द

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ६ हजार ९३६ वटा आवेदन मार्फत परेको ३ करोड १४ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार ८२० कित्ताका माग आवेदन रद्द भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार विभिन्न तवरबाट प्राप्त कुल आवेदनमध्ये ६ हजार ९३६ वटा आवेदन मार्फत परेको १ लाख ३२ हजार ८२० कित्ताका लागि ३ करोड १४ लाख ६६ हजार ३८६ रुपैयाँ २० पैसाको माग रद्द भएको हो । उल्लेखित संख्याबाट परेको आवेदन रितपूर्वक नपरेका कारण रद्द गरिएको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ९५ हजार ९३२ वटा आवेदनबाट १ करोड ४५ लाख ५ हजार ३९० कित्ता खरिदका लागि ३ अर्ब ४३ करोड ६४ लाख ७१ हजार ९४४ रुपैयाँ ९० पैसाको सेयर माग परेको थियो । जसमध्ये ११ लाख ८८ हजार ९९६ वटा आवेदन मार्फत १ करोड ४३ लाख ७२ हजार ५७८ कित्ताको लागि माग भएको ३ अर्ब ४० करोड ४५ लाख ३१ हजार ७३८ रुपैयाँ ७० पैसाको माग सदर गरिएको हो ।

आईपीओ बाँडफाँडका लागि योग्य साबित भएका ११ लाख ८८ हजार ९९६ जनामध्ये ९ लाख ६० हजारले १० कित्ताका दरले कुल ९६ लाख कित्ता सेयर प्राप्त गर्दा बाँडफाँडका लागि योग्य भएपनि उच्च आवेदनका कारण २ लाख २८ हजार ९९६ जनाको हात भने खाली भएको हो ।

कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । कुल १ करोड २० लाख कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको थियो । बाँकी ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बाँडफाँड भएको हो ।

कसको कति यो आवेदन रद्द ?

  • कर्मचारीबाट ३२ वटा दोहोरो आवेदन मार्फत माग भएको ४४० कित्ता
  • वैदेशिक रोजगारमा रहेकाबाट ५ हजार ८१० वटा दोहोरो आवेदन मार्फत माग भएको १ लाख १६ हजार ९४० कित्ता
  • सर्वसाधारणबाट परेको १ हजार ९४ वटा आवेदन मार्फत माग भएको १५ हजार ४४० कित्ता

आइएमई लाइफको आईपीओ बाँडफाँडको नतिजा यसरी हेनुहोस्

आईएमई लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार जना बने सेयरधनी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० असार २०८०, शनिबार १४ : २८ बजे