अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारण सभा सम्पन्न

अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारण सभा सम्पन्न

अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काभ्रेको पनौतीमा बिहीबार सम्पन्न भएको सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनित गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।

यस्तै सभाले संस्थाका अध्यक्ष बाबुराम थापाले प्रस्तुत गरेको आर्थिक वर्ष आव २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, हिसाब, नगद प्रवाह र आव २०७९-८० को लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

साथै सभाले आव २०७८–७९ मा संस्थाको सबै वित्तीय सूचकांक उत्साहप्रद रहेको र पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा समेत सभामा छलफल भएको छ ।

चालू आवमा सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड पुगेको छ । कम्पनीले २०७९ साउन १८ देखि २२ गतेसम्म सेयर बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ जिल्लाका ६० ओटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार १२ : ५७ बजे