नागरिक लगानी कोषको सञ्चालकमा सुरेश खत्री निर्वाचित


नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

खत्री बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएको हुन् ।

खत्री नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत समेत हुन् । नेशनल लाईफ इन्स्योरेन्स ५२ अर्ब रुपैयाँभन्दा बढि जीवन बीमाकोष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०८०, सोमबार १० : ४७ बजे