युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । गत जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका दुई कम्पनीले आइतबार नेप्सेमा सेयर सूचीकृत गराएसँगै सोमबारदेखि काोबार सुरु भएको हो ।
कारोबार सुरु भएसँगै दुई कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५३८ रुपैयाँ ४० पैसा पुगेको छ । नेप्सेले एकीकृत कारोबारपछि सुरुवाती मूल्य ४८९ रुपैयाँ ४९ पैसा दिएको थियो । प्रतिकित्ता ४८० मा कारोबार खुलेको कम्पनीको सेयर ४८ रुपैयाँ ९१ पैसाले बढेर ५३८ रुपैयाँ ४० पैसा पुगेको हो । कारोबारको एक घण्टा अवधिमा कम्पनीको २ हजार २०६ कित्ता सेयर ११ लाख ७६ हजार १३३ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
दोस्रो बजारमा कारोबारका लागि आइतबार युनाइटेड अजोड इन्स्योरेन्स र नेप्सेबीच आइतबार कम्पनीको १ करोड ९० लाख ४५ हजार ६८० कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । सम्झौतासँगै सोमबारदेखि कम्पनीको धितोपत्रको कारोबार सुरु भएको हो ।
नेप्सेको मार्केट डेप्थमा कम्पनीको सेयर खरिदका लागि ५५२ वटा आदेश मार्फत ३ लाख २३ हजार ४०६ कित्ताको खरिद माग रहेको छ । कम्पनीको सेयर बिक्रीका लागि कुनैपनि आदेश देखिएको छैन ।

अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि १००ः८२.५० कित्ताको स्वाप रेसियोको अनुपातमा मर्जर भएर युनाइटेड अजोड इन्स्योन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको थिए । एकीकृत कारोबारका लागि कम्पनीले जेठ २ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको थियो भने जेठ ९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । यस्तै, कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
दुई कम्पनीबीच मर्जर भएका हुन् । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५० कित्ता सेयर पाउने छन् ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्था बमोजिम बढीम १५ दिन सेयर कारोबार रोक्का हुने व्यवस्था भएपनि कम्पनीको सेयर कारोबार भने डेढ महीनापछि मात्र भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेपछि बाध्यात्मक व्यवस्थाकाबीच कम्पनीहरु धमाधम मर्जरमा गएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
