विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा लोक बहादुर खड्का र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बसन्तराज लम्साल नियुक्त भएका छन् ।
विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्तबीच मर्जर पश्चात कम्पनीको अध्यक्षमा लोक बहादुर खड्का सहित सात सदस्यीय सञ्चालक समिति गठन भएको हो । अन्य सञ्चालकहरुमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे, सृजना शर्मा (गौतम) चयन भएका छन् ।
नवनियुक्त सबै सञ्चालकको सपथ ग्रहण समेत सम्पनन भएको छ । २०८० साउन १ गते सम्पन्न बैठकबाट मर्जर पश्चातको सञ्चालक समितिको कार्यभार सम्हालेका सञ्चालक सदस्यहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा ९२० मा भएको व्यवस्था बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गरेको हुन् ।
यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बसन्तराज लम्साललाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको छ । सोही बैठकबाटसरोज घिमिरलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
