सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६ हजार ७२९.५४५ कित्ता शेयर अर्थात ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ बराबरको बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।

उक्त सम्झौता-पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ र चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ रहेको छ ।

उक्त वित्तिय संस्थाले १ लाख ७१ शजार भन्दा बढी सदस्यहरु लाई सेवा दिदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।