कुथेली बुखरी हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँड हुने, कतिले पाउँछन् सेयर ?

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ देखि २९ गतेसम्म सर्वसाधारणमा बिक्री गरेको आईपीओ साउन ७ गते आइतबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे धितोपत्र निष्सकान तथा बाँडफाँड निर्देशिका बमोजिम आईपीओ बाँडफाँड हुनेछ । निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रगाबाट १० हजार ११५ जना आवेदकहरूले हात पार्नेछन् । यी आवेदकहरूमध्ये १ जनाले ११ कित्ता र १० हजार ११४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले सर्वसाधारणमा असार २६ देखि २९ गतेसम्म प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख १ हजार १५१ कित्ता सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्नुअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूका लागि, २ हजार ४३७ कित्ता कम्पनीका कर्मचारी र १ लाख २१ हजार ८६८ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँड गरेको छ ।

यस कम्पनीले दोलखामा (एक मेगावाट भन्दा कम) ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ कात्तिक २५ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक २४ गतेसम्म बाहल रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।