सोमबारदेखि टाटा मोटर्सका शोरुममा ‘मनसुन म्याजिक’ अफर

0
Shares

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी कम्पनीले ‘मनसुन म्याजिक’ अफर ल्याएको छ।

नेपाली बजारमा विद्युतीय गाडीको क्रेजलाई ध्यानमा राखेर साउन ८ गतेदेखि ‘मनसुन म्याजिक’ अफर सञ्चालन गर्न लागिएको सिप्रदीले जनाएको छ। यो अफरमा ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिने भएको छ। 

अहिले नेपाली बजारमा इभी गाडीहरू प्रति ग्राहकहरूको चासो बढिरहेको छ।

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएकाले विगतका दिनमा इन्धनबाट चल्ने कारहरू विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।

यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका गाडीलाई टाटा मोटर्सका नेक्सन ईभीसँग साट्न सकिनेछ। एउटै ठाउँमा गाडीको मूल्याङ्कन गरिने, गाडीको न्यूनतम चार लाखको मूल्याङ्कन हुने र इन्सुरेन्सको सुविधा पनि रहेको छ।

त्यस्तै, नयाँ गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा छ भने नयाँ गाडीको बूकिङ र मूल्याङ्कनसँगै आकर्षक उपचार योजना पनि रहेको कम्पनीले जनाएको छ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइनेछ।

यो अफर सिप्रदी तथा सिप्रदीका देशभर रहेका आधिकारिक टाटा मोटर्स शोरुममा सञ्चालन हुनेछ। 

उक्त कार्यक्रमका विशेषताहरूः

जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिने व्यवस्था
एकै ठाउँबाट गाडीको मूल्यांकन
न्यूनतम चार लाख रुपैयाँको गाडी मूल्यांकन
एकै ठाउँमा इन्स्योरेन्सको सुविधा
८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा
गाडी सम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव
नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार
निःशुल्क गाडीको थप एक्सेसोरिज

यो कार्यक्रम सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।