सेतीखोला हाइड्रोले ६० करोडको आईपीओ जारी गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

0
Shares

सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र का स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

उक्त सम्झौता-पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी एक अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।

सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा बि.स. २०८० अषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड दुई रहेको छ । जसको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत शेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ ।

उक्त संस्थाको २२ मेगावाट क्षमता भएको बार्षिक उत्पादन क्षमता १३७.१८ गिगावटा रहेको छ र बि.स. २०८१ श्रावण १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५ अर्ब ५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।