सुन बजार समिक्षा : यो साता बढ्यो भाउ


सुनको भाउमा यो साता वृद्धि भएको छ । गत साता तोलामा २ सयले घटेको सुनको भाउमा यो साता भने ३०० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै स्थानीय बजारमा सुनको भाउमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुन तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

गत साताको शुक्रबार १ लाख १२ हजार ५०० रुपैयाँमा काराबोर भएको थियो । यस्तै अघिल्लो साता असार २९ गते शुक्रबार १ लाख ११ हजार ९५० मा कारोबार भएको तेजावी सुनको भाउ पनि साउन ६ गते शुक्रबारसम्म आइपुग्दा १ लाख १२ हजार २५० रुपैयाँमा झरेको छ ।
यता यो साता आज चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार तोलाको १ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ यो साताको अन्त्यमा १ हजार ४६० रुपैयाँमा नै कायम छ ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६१ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ कुन दिन के भयो ?

गत साताको शुक्रबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख १२ हजार २ सयमा कारोबार भएको थियो । मंगलबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ लाख १३ हजार १ सय रुपैयाँ पुगेको हो ।
यस्तै बिहीबार १ लाख १३ हजार ६ सय पुगेर ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको थियो । शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घटेको हो ।

यता शुक्रबार तोलाको १ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार, सोमबार र मंगलबार स्थिर रहेको थियो । बुधबार १० रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ पुगेको चाँदी बिहीबार पुनः ५ रुपैयाले बढेको थियो सोमबार १५ रुपैयाँ र मंगलबार १० रुपैयाँले बढेको हो । बुधबार स्थीर रहेको चाँदी बिहीबार तोलामा ५ रुपैयाँले बढेर १ हजार ४९५ पुगेको थियो । यस्तै चाँदी शुक्रबार १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गरेको छ । शनिबार बाहेक हप्ताको ६ दिन सुन चाँदीको भाउ निर्धारण हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।