निर्जीवन बीमा कम्पनीले संकलन गरे साढे ४० अर्बमाथि बीमाशुल्क, शिखर पहिलो

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८९/८० मा ४० अर्ब ५७ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा कम्पनीहरुले २८ लाख १६ हजार २२४ वटा बीमा पोलिसीहरु बिक्री गरी उक्त बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय अघिल्लो वर्षको तुलनामा कुल ३.५९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८-८९ को असार मसान्तसम्ममा बीमा कम्पनीहरुले सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष मा कुल ३९ अर्ब १६ करोड ६९ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत आवमा २० निर्जीवन बीमा कम्पनीहरु रहेकोमा एक वर्षको अवधिमा ६ बीमा कम्पनी मर्जरका कारण घटेका हुन् ।

तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमशुल्क संकलन गरेको छ । कम्पनीले ५ अर्ब ५२ करोड २१ लाख ६५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५५ करोड २३ लाख २२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो ठूला बीमाशुल्क संकलन गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५१ करोड ६६ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४२ करोड ७३ लाख ७० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३९ करोड ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख २ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४० करोड ५४ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड २३ लाख २६ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ३२ करोड ४४ लाख ८९ हजार, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ५८ लाख ८६ हजार रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५० लाख २० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड ८३ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।

Gross Premium Of All Non Life Insurance Company (Rs ‘000)
Nonlife Insurance FY 2079-80 FY 2078-79 Different %
Shikhar Insurance Company 5,522,165 5,009,222 10.24
Sagarmatha Lumbini Insurance Compay  4,552,322 4,690,675 -2.95
Siddartha Premier Insurance Compay 4,516,642 4,758,442 -5.08
United Ajod Insurance Compay Be  3,427,370 3,217,202 6.53
IGI Prudential Insurance limited 3,390,095 3,106,187 9.14
Himalayan Everest Insurance Itd 3,353,917 3,284,623 2.11
Neco Insurance Compay  2,922,402 2,853,825 2.40
NLG Insurance Company 2,405,486 2,371,072 1.45
Rastriva Beema Company 2,372,326 2,647,187 -10.38
Sanima GIC Insurance Ltd  2,324,489 1,945,516 19.48
Prabhu Insurance Ltd  1,658,777 1,357,480 22.20
Nepal Insurance Compay 1,585,886 1,580,057 0.37
The Oriental Insurance Compay 1,525,020 1,441,893 5.77
National Insurance Compay  1,018,331 906,604 12.32
Total 40,575,228 39,169,985 3.59

मर्जरले सिनर्जी, नेको दोस्रोबाट सातौं स्थानमा झर्यो

नेपाल बीमा प्राधिकरणका अनुसार मर्जरमा गएका कम्पनीहरुले आफ्नो व्यवसायलाई तीब्रता दिएका छन् । यसले अन्य प्रतिप्रस्र्धी कम्पनीलाई पछाडि पार्दै मर्जरमा गएका कम्पनीले आफूलाई अपग्रेड गरेका हुन् ।

मर्जरमा नगएपनि शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलनमा पहिलो नम्बरमा नै आफूलाई सुरक्षित गर्दा अघिल्लो आवमा दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्स गत आवमा सातौं स्थानमा झरेको छ । नेकोलाई सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, यूनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्ट इन्स्योरेन्सले उछिनेका हुन् ।

दुई कम्पनी एकीकृत हुँदा कम्पनीको सञ्जाल र पुहँच मजबुद हुँदा बीमाशुल्क संकलनमा समेत अब्बल देखिएका हुन् । मर्जरमा नगएका कम्पनीहरु बीमाशुल्क संकलनको हिसाबले पछि परेका छन् । मर्जर गरेपनि सानिमा जीआईसी इन्स्योरेन्स भने दशैं स्थानमा रहेको छ । विदेशी स्वामित्वमा सञ्चालिच भई नेप्सेमा सूचीकृत नरहेका दी ओरियण्टल र नेशनल इन्स्योरेन्स अन्तिममा रहेका छन् ।

तीन कम्पनीको बीमाशुल्क घट्यो

प्राधिकरणको तथ्याङ्क अनुसार तीन कम्पनीको बीमाशुल्क भने घटेको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क भने अघिल्लो आवको तुलनामा घटेको हो । राष्ट्रिय बीमा कम्पनीको १०.३८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.०८ र सगरमाथा लुम्बिनीको बीमाशुल्क २.९५ प्रतिशतले घटेको हो ।

एघारले बीमाशुल्क बढाए, प्रभु इन्स्योरेन्सको सर्वाधिक

गत आवमा प्रभु इन्स्योरेन्सले सर्वाधिक २२.२० प्रतिशतले वृद्धि गरेको छ । सानिमा जीआईसी १९.४८ प्रतिशत, नेशनल इन्स्योरेन्स १२.३२, शिखर इन्स्योरेन्स १०.३२ प्रतिशतले बढेको छ ।

यस्तै आईजीआई प्रुडेन्सियलको ९.१४ प्रतिशत, यूनाइटेड अजोड ६.५३, दी ओरियण्टल इन्स्योरेन्स ५.७७, नेको इन्स्योरेन्स २.४०, हिमालयन एभरेष्ट इन्स्योरेन्स २.११, एनएलजी इन्स्योरेन्स १.४५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा कम ०.३७ प्रतिशतले बढेको छ ।

Gross Premium Of All Non Life Insurance Company (Rs ‘000)
Nonlife Insurance FY 2079-80 FY 2078-79 Different %
Prabhu Insurance Ltd  1,658,777 1,357,480 22.20
Sanima GIC Insurance Ltd  2,324,489 1,945,516 19.48
National Insurance Compay  1,018,331 906,604 12.32
Shikhar Insurance Company 5,522,165 5,009,222 10.24
IGI Prudential Insurance limited 3,390,095 3,106,187 9.14
United Ajod Insurance Compay Be  3,427,370 3,217,202 6.53
The Oriental Insurance Compay 1,525,020 1,441,893 5.77
Neco Insurance Compay  2,922,402 2,853,825 2.40
Himalayan Everest Insurance Itd 3,353,917 3,284,623 2.11
NLG Insurance Company 2,405,486 2,371,072 1.45
Nepal Insurance Compay 1,585,886 1,580,057 0.37
Sagarmatha Lumbini Insurance Compay  4,552,322 4,690,675 -2.95
Siddartha Premier Insurance Compay 4,516,642 4,758,442 -5.08
Rastriva Beema Company 2,372,326 2,647,187 -10.38
Total 40,575,228 39,169,985 3.59

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।