सेयर कारोबार गरेको दिन नै फन्ड सेटलमेन्ट गर्ने सेबीको घोषणा

0
Shares

भारतीय सेयरबजार नियामक संस्था– सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर कारोबार गरेकै दिन फन्ड सेटलमेन्ट गर्न मिल्ने सुविधा ल्याउने भएको छ ।

सन् २०२३ को अक्टोबर महिनादेखि सुरु हुनेगरी टी+१ सेटलमेन्ट सुविधा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको सेबीकी अध्यक्ष माधवी पुरी बुचले बताइन्।
हाल सेयर कारोबार गरेको दुई दिनमा रकम भुक्तानी गरी फस्र्यौट गर्नुपर्ने व्यवस्था छ । टी+१ नीति लागु गरेसँगै त्यसले भुक्तानीमा पारदर्शीता, प्रतिस्पर्धा र दक्षता वृद्धि गर्ने विश्वास गरिएको छ ।

टी+१ प्रणाली भन्नाले सेयर खरिद गरेको २४ घन्टा भित्रमा सेयर बेच्ने लगानीकर्ताको बैंक खातामा कर कटौती गरी सेयर मूल्य बराबरको रकम र सेयर किन्ने लगानीकर्ताको खातामा सेयर निकासा गर्ने व्यवस्थालाई बुझिन्छ । हाल टी+१ प्रणाली चीनमा मात्रै रहेको छ । यससँगै भारत टी+१ सेवा लागु गर्ने दोस्रो देश बनेको हो ।

हाल नेपालमा भने सेयर कारोबार गरेको २ दिन (टी+२) भित्रमा फस्र्यौट हुने व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।