सोल्टी होटेलको पूरानो लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

सोल्टी होटेलको पूरानो लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

सोल्टी होटेलले सेयरधनीहरुलाई पुरानो लाभांश संकलन गर्न आग्रह गरेको छ । कतिपय सेयरधनीले लामो समयसम्म वितरित लाभांश नलिएपछि कम्पनीले सूचना जारी गरेरै लाभांश संकलन गर्न आग्रह गरेको हो ।

होटेलले यसअघिका विभिन्न साधारण सभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको हो । होटलले लाभांश रकम लिन छुटेका लगानीकर्तालाई सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा उक्त लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताएको छ । लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखिएको छ ।

नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले आवश्यक कागजपत्रसहित सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लाजिम्पाटमा सम्पर्क गरी संकलन गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ साउन २०८०, शुक्रबार १२ : ५२ बजे