ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट ट्राफिक प्रहरीले काठमाडौं गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका १ का २६ वर्षीय दिनेश गिरीलाई शनिबार नियन्त्रणमा लिएको हो ।
गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३–०२–०१० प ७०८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३–०२–०११ प ४५९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई शनिबार कार्यालयको पीडित सहायता इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
