एनआईबिएल सहभागिता फन्डको प्रतिफल घोषणा

0
Shares

एनआईबिएल सहभागिता फन्डले आर्थिक वर्ष २०७९–८० बाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी सामुहिक लगानी कोया योजनाले इकाईधनीहरूलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । एक अर्ब ६० करोड ९९ हजारको आकारमा सञ्चालित फन्डले करसहित ६ करोड ४३ लाख ९५ हजार रुपैयाँ वितरण गर्नेछ ।

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको ११० औं बैठकले सो लाभांश वितरणको प्रस्ताव गरेको हो । नगद लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार साउन ११ गते बिहीबारसम्म इकाई खरिद गरी वा सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाईधनीहरू मात्रै प्रतिफल पाउनेछन् ।

योजनाका इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाई खरीद गर्न सक्ने क्यापिटलले जनाएको छ ।  यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाईधनीहरूको हितग्राही खातामा यथाशीघ्र इकाई पठाइने पनि क्यापिटलले जानकारी दिएको छ ।

एनआईबिएल सहभागिता फन्डको कोष प्रवद्र्धकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।