रिलायबलको आईपीओः वैदेशिक रोजगारीमा रहेकालाई अधिकतम ६० कित्तासम्म बाँडफाँड

रिलायबलको आईपीओः वैदेशिक रोजगारीमा रहेकालाई अधिकतम ६० कित्तासम्म बाँडफाँड

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) न्यूनतम १० देखि अधिकतम ६० कित्तासम्म बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको सेयर ५० कित्तासम्म माग गरेकालाई माग बमोजिम र ५० कित्ताभन्दा बढी माग गर्नेमध्ये ८ हजार ४२९ जनालाई अधिकतम ६० कित्तासम्म बाँडफाँड गरिएको हो ।

कम्पनीले असार २७ गतेदेखि साउन १० गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा १२ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट १० कित्तादेखि ५० कित्तासम्म आवेदन दिएका १० हजार ९९९ जना आवेदकलाई माग अनुसार नै ३ लाख ८ हजार ४६० कित्ता सेयर बाँडफाँड गरिएको हो । यस्तै ६० देखि ५ हजार ४०० कित्तासम्म खरिदका लागि आवेदन दिएका १६ हजार १४५ मध्ये ७ हजार ७१६ जनालाई ५० कित्ताका दरले ३ लाख ८५ हजार ८०० कित्ता र ८ हजार ४२९ जनालाई थप १० कित्ता गरी अधिकतम ६० कित्ताका दरले ५ लाख ५ हजार ७४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा २७ हजार १४४ जना योग्य आवेदकबाट १९ लाख ६२ हजार ९७० कित्ता सेयर खरिदका लागि माग परेको थियो । ४ वटा आवेदनबाट परेको ३२० कित्ताको आवेदन रद्द भएको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो । सोमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकलाई १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले साउन २३ देखि सर्वसाधारणमा ९६ लाख कित्ता सेयर बिक्री खुला गर्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ साउन २०८०, सोमबार १२ : ५५ बजे