एशियाली सेयर बजार १६ महीना यताकै उच्च

0
Shares

विश्व अर्थतन्त्रमा देखिएको सुधारसँगै एशियाली लगानीकर्ताको मनोबल वृद्धि हुँदा सेयर बजारमा हरियाली छाएको छ । मंगलबार एशियाली सेयर बजार १६ महीना यताकै उच्च बिन्दुमा पुगेको हो ।

एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक–एमएससीआई ०.२५ प्रतिशत बिन्दुले बढेको छ । हङकङको ह्याङस्याङ सूचांक ०.८४ प्रतिशत, जापानको निकेई सूचाङ्क ०.५९ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेता पनि वस्तु तथा सेवाको मागमा भएको वृद्धिका कारण उत्पादन बढ्दै गएको छ । बजार चलायमान हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् । जसकारण एशियाली सेयरबजारले बियरिस चक्रलाई तोडेर बुलिस लय समातेको देखिन्छ ।

अमेरिकाको इ–मिनी स्टक फ्युचर्स सूचांक ०.१ प्रतिशतले बढेको छ भने एस एन्ड पी ५०० सूचांक ०.१५ प्रतिशतले बढेको हो । मुद्रास्फीति नियन्त्रणका लागि अमेरिका, बेलायत, युरोप, भारत लगायतका देशहरुले आक्रामक शैलीमा बढाएको ब्याजदरको प्रभाव देखिएको छ ।

विश्वव्यापी मुद्रास्फीति दर घट्दै गएको छ । कोभिड–१९ का कारण बन्द भएका कम्पनीहरु भौतिक रुपमा सञ्चालनमा आएसँगै रोजगारीदर बढ्दै गएको छ । नयाँ रोजगारीको सङ्ख्या हुँदै गएका छन् भने बजारमा सेवा तथा वस्तुको माग बढ्दै जाँदा लगानीकर्ता बैंकहरुले बढाएको ब्याजदरले डराएका छैनन् । जसकारण सेयर बजार १६ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।