नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको पूर्वाधार विकास, लगानी प्रवद्र्धन तथा आर्थिक सुधारका लागि अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्य आवश्यक रहेको बताएका छन् ।
निगमकी उपाध्यक्ष सुसन लनसँगको भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तिय पहुँच वृद्धि, साना तथा मझौला उद्योगको विकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार विकास एवं लगानी प्रवद्र्धनमा आइएफसीको साथ आवश्यक रहेको बताएका हुन् ।
कोभिडपछि औद्योगिक क्रियाकलापलाई व्यवस्थित रुपमा अगाडि बढाउन नसक्दा मुलतः आप्mनै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको ढकालको भनाइ रहेको छ । निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको तथ्य केलाउँदै ढकालले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भूमिका बारे प्रकाश पारे ।
नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसंग सहकार्य गर्न आपूm तयार रहेको बताइन् ।
भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको जानकारी दिएका छन् । महासंघ लगानी तथा अन्तराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको जनाए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
