ग्लोबल आइएमई बैंकले साउन महीनाभरी महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड दिने

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेशल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।