‘सय दिनमा सय जनालाई रोजगारी’ अन्तरर्गत रास्वपाले विदेशमा रहेकाबाट माग्यो आवेदन, डेढ लाखसम्म तलव

0
Shares

आफ्नो सरकार बने एक सय दिनभित्र विदेशमा रहेका एक सय जनालाई रोजगारी दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दर्जन बढि क्षेत्रमा रोजगारी खुला गरेको छ ।

स्वदेश फर्क अभियान अन्तर्गत रास्वपाले क्षमता भएकालाई फ्री टिकट सहित नेपालमै १ लाख ५० हजारसम्म तलब सुविधा सहित विज्ञापन नै प्रकाशित गरेर कामदार माग गरेको हो । ती विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका बताइएको छ ।

दुई दर्जन बढि क्षेत्रमा सीप र क्षमता भएकाहरुलाई नेपालमा आकर्षक तलब सहित स्वदेश फर्काउन विज्ञापन नै प्रकाशित गरेर कामदार माग गरिएको हो । विभिन्न सिप र क्षमता भएका नेपालीहरु जो विदेशमा छन् तर नेपालमै फर्केर केहि गर्न चाहन्छन् उनिहरुको लागि स्वदेश फर्क अभियान अन्तर्गत कर्मचारी माग गरिएको छ । बजार प्रवद्र्धन, कुक, वेटर, सुपरभाईजर, अकाउन्टेन्ट, नर्सिङ्ग, इन्जिनियरिङ्ग लगायत क्षेत्रमा कामदार माग गरिएका छ । विदेशमा रहेका नेपालीले जुनदेशबाट फर्कन चाहने हो उक्त देशबाट नेपाल फर्कनको लागि लाग्ने हवाई भाडा समेत रास्वपालेनै व्यहोर्ने छ ।

विश्वका विभिन्न देशमा कार्यरत इच्छुक नेपालीहरुले आफ्नो बायोडाटा पठाएर छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन । विदेश स्थित प्रवास नेपाली सम्पर्क विभागमा सम्पर्क गरी तथा वा मा इमेल गरेर आफ्नो बायोडाटा लगायत विवरण पठाउन सक्नेछन् । सामान्य कर्मचारी देखि म्यानेजरसम्म विभिन्न डेढ सय भन्दा बढी संख्या रहेका छन् । पद र तलब कामका आधारमा मासिक २० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म तलव तोकिएको छ ।

गत बैशाख १० गते चितवन–२ मा भएको उपनिर्वाचनका क्रममा रास्वपा पार्टी सभापति रवि लामिछानेले सय दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरुलाई नेपालमा नै विदेशमा पाएजस्तै सेवा सुविधा दिएर नेपाल फकाउने उद्घोष गरेका थिए । रास्वपा गठनदेखि निर्वाचनको समयमा समेत रास्वपका सभापति रवि लामिछानेले नेपालबाट विदेश कामदार पठाउने नीति नभई विदेशबाट क्षमतावान नेपालीहरुलाई नेपालमा झिकाएर रोजगार दिलाउने बताउँदै आएका थिए ।

सभापति लामिछानेले उप निर्वाचनमा बिजय हासिल गरेको १०० दिन पूरा हुन लागेको मात्र एक दिन अघि पारेर स्टन्ट मात्र नभई काम गरेर देखाउनेगरि विज्ञापन प्रकाशित गरिएको उनले बताएका छन् । साउन १६ गते मंगलबार रास्वपा सभापति रवि लामिछानेले लेखेका छन् ‘चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेका लागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु । भोलि दिनभरी मलाई फेसबुकमा फलो गरिदिनु होला।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।