वर्ल्ड लिङ्क कम्युनिकेशनको वार्षिक आम्दानी साढे ९ अर्ब, ५ अर्ब कर्जा लिँदै

0
Shares

नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेशन लिमिटेडले सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीका प्रयोगकर्ताको सङ्ख्यामा भएको वृद्धिसँगै आम्दानी समेत बढेको हो । सन् २०२१ को तुलानामा सन् २०२२ मा कम्पनीको आम्दानी १८ प्रतिशतले बढेको हो ।

आम्दानीमा वृद्धि देखिएता पनि कम्पनकिो अन्य वित्तीय सूचांकमा गिरावट आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ३७.१४ प्रतिशत थियो भने सन् २०२२ मा ४.०८ प्रतिशत विन्दुले घटेर ३३.०६ प्रतिशत पुगेको छ ।

सन् १९९६ मा स्थापना भएको कम्पनीले विगत २५ वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अध्यक्ष तथा निर्देशक दिलिप अग्रवाल रहेका छन् भने कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र विजय कुमार जलन रहेका छन् ।

पछिल्लो समयमा नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सङ्ख्या बढ्दै गएको छ । हाल नेपालमा ५८ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । इन्टरनेट सेवा प्रदायकको सङ्ख्यामा भएको वृद्धिसँगै प्रयोगकर्ताको सङ्ख्यामा समेत वृद्धि भएको छ । सन् २०२१ मा नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १६ लाख ५९ हजार ३०६ रुपैयाँ रहेको थियो भने सन् २०२३ अप्रिल महिनासम्ममा २६ लाख ७३ हजार ४७१ रुपैयाँ पुगेको छ ।

कम्पनीले ५ अर्ब १९ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकलाीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २ अर्ब १८ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ए र ३ अर्ब १ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–२ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा ह्रास आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको ३६.६९ गुणा थियो भने सन् २०२२ मा उक्त क्षमतामा ह्रास आएर १२.१४ गुणामा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।