
नेपाल राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारीमा डा. डिल्ली राम पोखरेल नियुक्त भएका छन् ।
राष्ट्र बैंकले साउन १७ गतेदेखि लागू हुने गरि पोखरेललाई सहायक प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको हो । २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।
डा. पोखरेल गभर्नर कार्यालयका निर्देशकको रुपमा सरुवा भएर आएका हुन् । यसअघि नारायण पोखरेल राष्ट्र बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारी थिए । नारायण पोखरेलको आर्थिक अध्ययन विभागमा सरुवा भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
