निर्माण व्यवसायीका माग सम्बोधन गर्न उवा महासंघको सरकारलाई आग्रह

निर्माण व्यवसायीका माग सम्बोधन गर्न उवा महासंघको सरकारलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकालाई ध्यानाकर्षण गराएको छ । विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न महासंघले नेपाल सरकार समक्ष आग्रह गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको महासंघले जनाएको छ ।

व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्पm संवेदनशील हुन सरकारलाई आग्रह गरिएको छ ।

विकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिदा सरकारको पुँजीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन नसकेका महासंघको बुझाइ छ । गत वर्ष पुँजीगत खर्च जम्मा ६१ प्रतिशत हुँदा यसले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश जान नसकेको उल्लेख छ ।

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको महासंघले जनाएको छ । राजश्व १३ प्रतिशतले घटेको तथा उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ साउन २०८०, बुधबार १८ : २४ बजे