समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच छुट सम्झौता

0
Shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच साउन १९ गते विभिन्न सेवाहरुमा छुट सम्झौता भएको छ ।

यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको छुट प्राप्त गर्ने छन् ।

त्यस्तै उक्त होटलमा स्पामा २०%, फुड, वेभरेज तथा कोठामा १५% छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।