चिलिमे जलविद्युतको खुद नाफा घट्यो

0
Shares

चिलिमे जलविद्युतको खुद नाफा गत आर्थिक वर्षमा ७.९२ प्रतिशत घटेको छ । जलविद्युत कम्पनीहरुको मुख्य आयस्रोत विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा संकुचन आएको हो ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आवमा ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ४.४९ प्रतिशत घटेर १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा चिलिमेले १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

साढे ७ प्रतिशत बोनस वितरण गरेर चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ कायम रहेको यस कम्पनीको सेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ३ अर्ब ३० करोड १६ लाख रुपैयाँ सञ्चित छ ।यो अघिल्लो आवको तुलनामा ९ प्रतिशत कम हो ।

यस्तै खुद नाफा घटेपछि कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ । अघिल्लो आवमा ११ रुपैयाँ १७ पैसा रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ६० पैसा घटेको हो ।

यस्तै समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६७ प्रतिशत बढेर २२ करोड८० लाख रुपैयाँ आर्जन गरेपनि सञ्चालन मुनाफा ९.३५ प्रतिशत घटेर ७० करोड ७ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १६.६७ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ८६ लाख रुपैयाँ छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ५६.६६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।