मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा ६४ करोड ६४ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
साउन २८ गते आइतबार निष्कासन खुला भएको कम्पनीको आइपीओमा सोमबार बिहान १० बजेसम्ममा ५ लाख ६४ हजार १६२ वटा आवेदनबाट ६४ लाख ६४ हजार ३८० कित्ता सेयरको माग भएको सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीले सर्वसाधारणबाट २२ लाख ७६ हजार ६२० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेकोमा मागको तुलनामा २.८४ गुणा आवेदन परेको हो । आइतबार साँझ ५ः०६ बजेसम्ममा ३ लाख ४२ हजार ६६० आवेदकबाट ३९ करोड १४ लाख ९१ हजार रुपैयाँ बराबरको ३९ लाख १४ हजार ९१० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताले साउन ३१ गते बुधबारसम्म आवेदन गर्न पाउनेछन् । उच्च माग परेकाले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट आईपीओमा आवेदन दिन सकिन्छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले प्रवद्र्धन गरिरहेको गरेको पाँच मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष छ । यस्तै डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
