रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षमा ६ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधितको तुलनामा २ करोड ४२ लाख रुपैयाँ कम हो ।
आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपछि नाफामा असर पुगेको हो । गत आवमा कम्पनीको विद्युत् बिक्री आय १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।
चुक्ता पुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार १५.१७ प्रतिशतले बढेर १५ करोड ९२ लाख रुपैयाँ सञ्चित भएको छ ।
असार मसान्तसम्म कम्पनीको वाािर्षक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९५ पैसा छ । गत आवको सोही अवधिमा २० रुपैयाँ ७६ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात पीई रेसियो ५३.७४ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
