हिमालयन म्युचुअल फण्डको पहिलो बन्दमुखी योजना “हिमालयन ८०-२०” निष्काशन हुँदै

0
Shares

हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा संचालन हुने यस योजनाको प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैंया बराबरको हुनेछ ।

जस मध्ये न्यूनतम एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखीएको छ । बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईहरु सार्वजनिक रुपमा निष्कासन तथा बिक्री खुल्ला हुनेछ ।

उक्त योजनामा यहि साउन ३२ गते विहीबारदेखि छिटोमा भदौ ४ गते सोमबारसम्म र ढिलोमा भदौ १५ गते बैंकिङ्ग समय सम्म निष्कासन तथा बिक्री खुल्ला हुने क्यापिटलले जनाएको छ ।

यस “हिमालयन ८०-२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने क्यापिटलले जनाएको छ ।

नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यसहित यस योजनाको लगानी व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तिय संस्था मध्ये एक हो । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।