रिलायबल नेपाल लाइफको आईपीओमा ७५ सय आवेदन रद्द

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बुधबार बाँडफाँड भएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा परेको आवेदनमध्ये ७ हजार ५१७ वटा आवेदन रद्द भएको छ ।

इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ वटा आवेदन मार्फत १ करोड ६० लाख ५४ हजार १६० कित्ताको माग परेको थियो । जसमध्ये १३ लाख ५६ हजार ८३५ वटा मात्र सदर भएका हुन् । ७ हजार ५१७ जनाको आवेदन रितपूर्वक नपरेका कारण रद्द गरिएको क्यापिटलले जनाएको छ ।

सिभिल क्यापिटलका अनुसार दोहोरो परेको १ हजार ४९४ वटा आवेदनबाट माग भएको १७ हजार ६८० कित्ताको माग रद्द भएको छ । यस्तै वैदेशिक रोजगारीमा रहेका ५ हजार ९९२ व्यक्तिबाट दोहोरो आवेदन मार्फत परेको १ लाख ६ हजार ६० कित्ताको माग पनि रद्द भएको हो । यस्तै कर्मचारीबाट परेको ३१ आवेदकको ४१० कित्ताको माग पनि रितपुर्वक नपरेका कारण रद्द भएको हो ।

क्यापिटलका अनुसार रद्द भएका ७ हजार ५१७ वटा आवेदनबाट १ लाख २४ हजार १५० कित्ताको माग भएको थियो । १३ लाख ५६ हजार ८३५ वटा आवेदनबाट परेको परेको १ करोड ५९ लाख ३० हजार १० कित्ताको माग भने सदर भएपछि बाँडफाँडमा सहभागि गराइएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।