एक वर्षमा नेपाल भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

0
Shares

एक वर्षमा वर्षमा नेपालमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको हो । रेमिट्यान्स आप्रवाह वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशत धेरै हो।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।