पूर्वाधार विकास बैंकबाट कर्जा लिदा पनि रेटिङ अनिवार्य

0
Shares

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकबाट कर्जा लिदाँ पनि क्रेडिट रेटिङ अनिवार्य गरेको छ । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै कर्जा मूल्याङकनको आधारको रुपमा क्रेडिट रेटिङलाई लिनुपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकका अनुसार ५० करोड वा सो भन्दा माथिको कर्जाका लागि पूर्वाधार विकास बैंकले समेत ऋणीको रेटिङलाई कर्जा मूल्याङकनको आधार बनाउनु पर्छ। यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा लागु भएको व्यवस्था पूवार्धार विकास बैंकका ऋणीलाई समेत लागु गरेको हो

पूर्वाधार विकास बैंकले ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । बैंक तथा वित्तीय संस्थाले केही वर्ष अघि देखि ५० करोड वा सो भन्दा बढीको कर्जामा रेटिङलाई कर्जा मूल्याङ्कनको आधार बनाउँदै आएका छन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।