विदेशीले नेपालमा खर्चेको भन्दा नेपालीको भ्रमण खर्च दोब्बर, डेढ खर्ब विदेशीदा ६१ अर्ब भित्रियो

0
Shares

नेपालीले गत वर्ष विदेश भ्रमणमा मात्रै करिब डेढ खर्ब खर्चेका छन । यो रकम विदेशी पर्यटकले नेपालमा खर्चेको भन्दा २.३५ गुणाले धेरै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालीहरुले एक खर्ब ४४ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन । अघिल्लो आर्थिक वर्षमा नेपालीहरुले ९७ अर्ब ३२ करोड रुपैयाँ विदेश भ्रमण खर्च गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालीले भ्रमणका लागि विदेश लैजाने रकम गत आवमा ४७ अर्ब १३ करोड रुपैयाँले बढेको हो ।

गत आवमा नेपाल आएका विदेशी पर्यटकले ६१ अर्ब ५२ करोड रुपैयाँ मात्र खर्च गरेको केन्द्रीय बैंकले जनाएको छ । यो रकम अघिल्लो आवको तुलनामा २९ अर्ब ७ करोडले धेरै हो ।

गत आवमा विदेश भ्रमण जाने नेपालीको संख्यासंगै विदेशी पर्यटक नेपाल आउने क्रम पनि बढेको देखिन्छ । तर, विदेशी पर्यटकका कारण नेपाल भित्रने भन्दा विदेश भ्रमण गर्ने नेपालीबाट बाहिरीने रकम धेरै उच्च छ ।

गत आर्थिक वर्षमा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले एक खर्ब ४ करोड बाहिर लगेका छन । यो रकम अघिल्लो आवको तुलनामा ३२ अर्ब ७२ करोड रुपैयाँले धेरै हो । अघिल्लो आवमा विदेश अध्ययनका लागि जाने विद्यार्थीले ६७ अर्ब ७० करोड रुपैयाँ देशभन्दा बाहिर लगेका थिए ।

गत आवमा विदेशी विद्यर्थीबाट ४ अर्ब ६ करोड रुपैयाँ नेपाल ल्याएका थियो । यो रकम अघिल्लो आवको तुलनामा २ अर्ब ५५ करोड रुपैयाँले धेरै हो । अघिल्लो आवमा विदेशी विद्यार्थीबाट एक अर्ब ५१ करोड रुपैयाँ नेपाल भित्रिएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।