राष्ट्र बैंकले देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै

राष्ट्र बैंकले देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै

नेपाल राष्ट्र बैंकले साउनदेखि देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको छ । उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रकाशित गर्न राष्ट्र बैंकले देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको हो ।

केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क संकलन गर्दै आएको छ । समयको अन्तरासँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तुत तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचना लगायतका कारण चालु आर्थिक वर्ष २०८०–८१ लाई नयाँ आधार वर्ष कायम गर्ने उद्देश्य राष्ट्र बैंकको छ । सोही अनुसार २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ वटै जिल्लास्थित तोकिएको बजार केन्द्रहरुमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य संकलन गर्ने कार्य सुरु गरिएको राष्ट्र बैंकको भनाई छ ।

साथै केन्द्रीय बैंकले नमुना सर्वेक्षणमा परेका पसल तथा संघसंस्थामा आउने मूल्य संकलकलाई आवश्यक तथ्यांक एवं जानकारी उपलब्ध गराई सहयोग गर्न समेत अनुरोध गरेको छ । तथ्यांक ऐन, २०७९ बमोजिम प्राप्त तथ्यांक र जानकारी गोप्य रहने बैंकले स्पष्ट पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भदौ २०८०, आइतबार १३ : २६ बजे