मेन्छियाम हाइड्रोपावर नोक्सानी बढ्यो, इपीएस ८ रुपैयाँ १३ पैसा ऋणात्मक

0
Shares

मेन्छियाम हाइड्रोपावर कम्पनीको नोक्सानी बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइड्रोपावरले ४ करोड ३८ लाख ७१ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनी १ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानीमा थियो । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्री गरेर १ करोड ३९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । गत चैतसम्म ४० लाख ७८ हजार रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आय गरेको थियो ।

हाइड्रोपावरले गत आवमा १ करोड १४ लाख ६० हजार रुपैयाँ कुल नाफा गरेको छ । गत आवमा १ करोड ८ लाख ७ हजार रुपैयाँ सञ्चालन खर्च, ३ करोड १९ लाख ३६ हजार रुपैयाँ ब्याज भुक्तानी, र ह्रासकट्टी वापत १ करोड २५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

चुक्ता पुँजी ५३ करोड ९८ लाख ८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १२ करोड ९५ लाख २७ हजार रुपैयाँ ऋणात्मक छ । मेन्छियाम हाइड्रोपावरको प्रति सेयर आम्दानी ८ रुपैयाँ १३ पैसा नोक्सानीमा छ भने प्रति सेयर नेटवर्थ ७६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६४ रुपैयाँ ५० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।