फाइनान्स एशोसियनमा नयाँ कार्यसमिति चयन हुँदै

0
Shares

-फाइल फाेटाे ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्स कम्पनीहरुको संस्था नेपाल फाइनान्स इन्स्टिच्युसन एशोसियसनमा नयाँ नेतृत्व चयन हुने भएको छ ।

फिसटेल लज, लेकसाइड पोखरामा भदौ २२ गते बिहान १० बजे आह्वान गरिएको २७ औं र २८ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने भएको हो । साउन ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको छ ।

नेपाल वित्तीय संस्था संघमा नेतृत्वमा आईसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवीचन्द्र गुरुङ्ग प्रत्यासी छन् । यद्यपी पन्तको सम्भावना बलियो रहेको सदस्यहरु बताउँछन् । हाल एशोसियनमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर छन् ।

यस्तै नयाँ कार्यसमिति चयन गर्नुका साथै वार्षिक सदस्यता नवीकरण शूल्क सम्बन्धमा छलफल गरी पारित गर्नेछ । साथै कोषाध्यक्षबाट प्रस्तुत आव २०७८–७९ र २०७९–८० को वासलात, आय–व्यय तथा लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नछ । साथै आव २०७९–८० को लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने र आव २०८०–८१ को लागि लेखापरिक्षकको नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।