हिमालयन बैंकको १५ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

हिमालयन बैंकले १५ लाख ५० हजार ७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका तीन संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सो सेयरहरु बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनीले प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुन् ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले भदौ ६ गते ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीको सेयर विभागमा आईपुग्ने गरि दिनुपर्नेछ ।यो सेयरमा बैंकका विद्यमान सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरको बिक्री मूल्य भने बिक्रेता अनुसार फरक फरक रहेकाले सो सम्वन्धी जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख छ ।

तोकिएको सो अवधिमा बैंकका संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।