दुई करोड २८ लाख रुपैयाँको बोनस सेयर सूचीकृत

0
Shares

बिहीबार नेप्सेमा २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको गत असार ४ गते सोमबार सम्पन्न लघुवित्तको चौथो वार्षिक साधारण सभाले चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने २ लाख २८ हजार कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सोही बोनस सेयर आज बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४.२५ प्रतिशत अर्थात २ करोड २८ लाख बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । बोनस सेयरपछि लघुवित्तको चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ पुगेको छ । बिहीबार सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा आएपछि नेप्से मार्फत कारोबार गर्न सक्नेछन् ।

वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २३ गते बुकक्लोज गरिएको थियो । बुकक्लोज अनुसार जेठ २२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लघुवित्तको बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।