अल नेपाल इन्फ्रास्ट्रक्चरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

अल नेपाल इन्फ्रास्ट्रक्चरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले भदौ ३१ गते बिहान ११ बजे काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा आह्वान गरेको वार्षिक साधारण सभामा प्रिमियम सहित प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव राखेको हो ।

त्यस्तै सभाले प्रिमियममा आईपीओ ल्याउन कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने तथा प्रस्तावित संशोधन उपर नियामक निकायले दिने निर्देशन बमोजिम थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७।७८ र आव २०७८।७९ को नगद लाभांश (कर सहित) अनुमोदन गर्नेछ । साथै आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सानन हिसा सहितको वार्षिक प्रतिवेदन, नगद प्रवाह पनि स्वीकृत गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ भदौ २०८०, सोमबार १२ : ५६ बजे