सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि इन्स्योरेन्स कम्पनी र मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो ।

सेयर रजिष्ट्रारको रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्ने छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गरेको आईपीओ यहि भदौ १५ गते शुक्रबार बाँडफाँड हुँदैछ । उक्त बाँडफाँडमा आवेदन गरेकामध्ये आधा बढीले सेयर नपाउने तथ्याङ्क देखिएको छ ।

सन नेपाल लाइफको आईपीओमा ५१ प्रतिशत आवेदकको हात खाली हुँदै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।