साउनमा साढे १९ अर्बको जीवन बीमा व्यवसाय, प्रिमियम संकलन ३०% ले बढ्यो

0
Shares

मुलुकमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले साउन महीनामा १९ अर्ब ६० करोड ६३ लाख ४७ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । अघिल्लाे साउनमा कुल १५ अर्ब ५ करोड ७३ लाख ८६ हजार रुपैयाँ बराबरकाे जीवन बीमा व्यवसाय भएकाेमा समीक्षा अवधिमा बीमाशुल्क संकलन ३०.२१ प्रतिशतले वृद्दि भएको हाे ।

साउन संकलित कुल १९ अर्ब ६० करोड बीमाशुल्क जसमध्ये नवीकरण बीमा शुल्कबाट १७ अर्ब ३० करोड ८९ लाख ८ हजार र प्रथम बीमा शूल्कबाट २ अर्ब २९ करोड ७४ लाख ३९ हजार रुपैयाँ संकलन भएको हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महीनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा नवीकरण बीमा शुल्कमा ३४.६६ प्रतिशत अर्थात ४ अर्ब ४५ करोड ४८ लाख ७८ हजार रुपैयाँ वृद्धि भएको छ । यस्तै नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मा समेत ४.२७ प्रतिशत अर्थात ९ करोड ४० लाख ९४ हजार रुपैयाँ) वृद्धि भएको छ ।

अघिल्लो आवको साउनमा तत्काल कायम १९ जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख ४० हजार र प्रथम बीमाशूल्कबाट २ अर्ब २० करोड ३३ लाख ४५ हजार रुपैयाँ गरी कुल १५ अर्ब ५ करोड ७३ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

चालु आवको साउनमा जीवन बीमा कम्पनीहरुले अघिल्लो साउनको तुलनामा १ लाख २२ हजार ७२९ वटा धेरै अर्थात ८ लाख ३२ हजार ७५९ वटा बीमालेख बिक्री गरेका छन् । अघिल्लो आवको साउनमा ७ लाख १० हजार ३० वटा बीमालेख बिक्री भएका थिए । साउनमा १ खर्ब ५३ अर्ब ४४ करोड ८४ लाख ७५ हजार रुपैयाँ बीमाङ्कको बीमा भएको छ । अघिल्लो साउनमा ५ खर्ब ६८ अर्ब ११ करोड ४६ लाख ५८ हजार रुपैयाँ बीमाङ्क बराबरको बीमा भएको थियो ।

समीक्षा अवधिमा ९ जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जर तथा प्राप्तीमा गई चार वटा कायम भएका छन् । मर्जरपछि पाँच कम्पनीको अस्तित्व समाप्त भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्दै अग्र स्थानमा रहँदा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा पछाडि छ । नेपाल लाइफले साउनमा ४ अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ नवीकरण र ५६ करोड ३१ लाख ८७ हजार रुपैयाँ प्रथम बीमा शुल्क गरी कुल ५ अर्ब २२ करोड ३८ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम बीमाशुल्क संकलन गरेको सन नेपाल लाइफले ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २५ करोड ६२ लाख ५३ हजार रुपैयाँ नवीकरण र १० करोड २९ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेको हो ।

साउनमा कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे हेरौंः–

१. नेपाल लाइफ इन्स्योरेन्सः ५ अर्ब २२ करोड ३८ लाख १८ हजार रुपैयाँ
२. राष्ट्रिय बीमा संस्थानः ३ अर्ब ३४ करोड ३४ लाख ३६ हजार रुपैयाँ
३. हिमालयन लाइफ इन्स्योरेन्सः १ अर्ब ९३ करोड ७७ लाख १२ हजार रुपैयाँ
४. लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी): १ अर्ब ९२ करोड ५५ लाख ९२ हजार रुपैयाँ
५. नेशनल लाइफ इन्स्योरेन्सः १ अर्ब ८० करोड ६८ लाख १६ हजार रुपैयाँ
६. सूर्यज्योति लाइफ इन्स्योरेन्सः १ अर्ब ४५ लाख ८३ हजार रुपैयाँ
७. एशियन लाइफ इन्स्योरेन्सः ८१ करोड ९९ लाख ६६ हजार रुपैयाँ
८. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सः ६६ करोड ८१ लाख १४ हजार रुपैयाँ
९. सिटिजन लाइफ इन्स्योरेन्सः ५७ करोड ९४ लाख १९ हजार रुपैयाँ
१०. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सः ५४ करोड ११ लाख ६ हजार रुपैयाँ
११. आइएमई लाइफ इन्स्योरेन्सः ५२ करोड ५९ लाख ६१ हजार रुपैयाँ
१२. मेट लाइफ इन्स्योरेन्सः ४९ करोड २३ लाख ६६ हजार रुपैयाँ
१३. रिलायबल नेपाल लाइफ इन्स्योरेन्सः ३८ करोड ११ लाख ७६ हजार रुपैयाँ
१४. सन नेपाल लाइफ इन्स्योरेन्सः ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ

जीवन बीमा कम्पनीको नाम

२०८० साउनमा संकलित बीमाशुल्क रकम (रु लाखमा)

२०७९ साउनमा संकलित बीमाशुल्क रकम (रु लाखमा)

वृद्धि/ह्रास

नेपाल लाइफ इन्स्योरेन्स

52,238.18

47,736.91

9.43

राष्ट्रिय बीमा संस्थान

33,434.36

5,020.98

565.89

हिमालयन लाइफ इन्स्योरेन्स

19,377.12

16,700.08

16.03

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)

19,255.92

18,849.08

2.16

नेशनल लाइफ इन्स्योरेन्स

18,068.16

16,155.70

11.84

सूर्यज्योति लाइफ इन्स्योरेन्स

10,045.83

9445.96

6.35

एशियन लाइफ इन्स्योरेन्स

8,199.66

7,069.76

15.98

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

6,681.14

4,888.50

36.67

सिटिजन लाइफ इन्स्योरेन्स

5,794.19

5,197.20

11.49

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

5,411.06

3,990.88

35.59

आइएमई लाइफ इन्स्योरेन्स

5,259.61

3,823.19

37.57

मेट लाइफ इन्स्योरेन्स

4,923.66

4,832.40

1.89

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

3,811.76

2,921.14

30.49

सन नेपाल लाइफ इन्स्योरेन्स

3,562.82

3,942.08

-9.62

कुल

196,063.47

150,573.86

30.21

 

१७ अर्ब ३० करोड नवीकरण बीमा शुल्क संकलन , कुनको कति ?

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरुले नवीकरण मार्फत १७ अर्ब ३० करोड ८९ लाख ८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क उठाएका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ४ अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सपछि राष्ट्रिय बीमा संस्थानले ३ अर्ब २९ करोड ९६ लाख ६८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) नेपालले १ अर्ब ७५ करोड ७४ लाख ४२ हजार रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ७३ करोड १६ लाख ७४ हजार रुपैयाँ, र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी साउनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८० करोड ८४ लाख २६ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ७१ करोड ६४ लाख २३ हजार रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ५५ करोड ४८ लाख ३ हजार नवीकरण बीमाशुल्क संकलन गरेको छ । साथै साउनमा नवीकरण बीमा शुल्क मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४७ करोड २२ लाख ६५ हजार रुपैयाँ, सिटिजन लाइफले ४३ करोड ५ लाख ३९ हजार रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ४० करोड ९ लाख ९ हजार, आइएमई लाइफ इन्स्योरेन्सले ३८ करोड ५२ लाख ४ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २७ करोड १५ लाख २० हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले २५ करोड ६२ लाख ५३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको हो ।

जीवन बीमा कम्पनीको नाम

२०८० साउनमा संकलित नवीकरण बीमाशुल्क रकम (रु लाखमा)

२०७९ साउनमा संकलित नवीकरण बीमाशुल्क रकम (रु लाखमा)

वृद्धि/ह्रास

नेपाल लाइफ इन्स्योरेन्स

46,606.30

43,022.92

8.33

राष्ट्रिय बीमा संस्थान

32,996.68

4,517.39

630.44

हिमालयन लाइफ इन्स्योरेन्स

17,316.74

14,853.52

16.58

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)

17,574.42

17,717.46

-0.81

नेशनल लाइफ इन्स्योरेन्स

15,631.53

13,167.53

18.71

सूर्यज्योति लाइफ इन्स्योरेन्स

8,084.26

6,907.35

17.04

एशियन लाइफ इन्स्योरेन्स

7,164.23

6,091.04

17.62

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

5,548.03

4,098.40

35.37

सिटिजन लाइफ इन्स्योरेन्स

4,305.39

3,967.34

8.52

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

4,722.65

3,278.61

44.04

आइएमई लाइफ इन्स्योरेन्स

3,852.04

3,154.77

22.10

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

2,715.20

1,843.19

47.31

सन नेपाल लाइफ इन्स्योरेन्स

2,562.53

2,171.98

17.98

मेट लाइफ इन्स्योरेन्स

4,009.09

3,748.91

6.94

कुल

173,089.09

128,540.41

34.66

साउनमा २ अर्ब १९ करोडको नयाँ व्यवसाय विस्तार, कसको कति ?

जीवन बीमा कम्पनीहरुको मर्जरसँगै नयाँ व्यवसाय बढ्दा सोही अनुसार बीमालेख बिक्रीमा पनि बढोत्तरी भएको छ । जीवन बीमा कम्पनीहरुले अघिल्लो साउनको तुलनामा १ लाख २२ हजार ७२९ वटा धेरै अर्थात ८ लाख ३२ हजार ७५९ वटा बीमालेख चालु आवको साउनमा बिक्री गरेका छन् । अघिल्लो आवको साउनमा ७ लाख १० हजार ३० वटा बीमालेख बिक्री भएका थिए ।

साउनमा जीवन बीमा कम्पनीले २ अर्ब २९ करोड ७४ लाख ३९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । गत आवको अन्तिम महीना असारमा भने जीवन बीमा कम्पनीहरुले ५ अर्ब २८ करोड ७५ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए ।

सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्कमा नेपाल लाइफले सबैभन्दा धेरै ५६ करोड ३१ लाख ८७ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी नयाँ व्यवसाय वृद्धिमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ करोड ३६ लाख ६३ हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले २० करोड ६० लाख ३७ हजार रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी साउनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रथम बीमाशुल्क वापत १९ करोड ६१ लाख ५७ हजार रुपैयाँ, एलआईसी नेपाललले १६ करोड ८१ लाख ५१ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १४ करोड ८८ लाख ८१ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १४ करोड ७ लाख ५७ हजार रुपैयाँ संकलन गरेको छ । साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स ११ करोड ३३ लाख १० हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ९६ लाख ५६ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १० करोड ३५ लाख ४३ हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड २९ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

साउन महीनामा मेट लाइफ इन्स्योरेन्सले ९ करोड १४ लाख ५८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गर्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ करोड ८८ लाख ४२ हजार रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम ४ करोड ३७ लाख ६७ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेको छ ।

जीवन बीमा कम्पनीको नाम

२०८० साउनमा संकलित प्रथम बीमाशुल्क रकम (रु लाखमा)

२०७९ साउनमा संकलित प्रथम बीमाशुल्क रकम (रु लाखमा)

वृद्धि/ह्रास

नेपाल लाइफ इन्स्योरेन्स

5,631.87

4,713.99

19.47

राष्ट्रिय बीमा संस्थान

437.67

503.58

-13.09

हिमालयन लाइफ इन्स्योरेन्स

2,060.37

1,846.56

11.58

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)

1,681.51

1,131.62

48.59

नेशनल लाइफ इन्स्योरेन्स

2,436.63

2,988.17

-18.46

सूर्यज्योति लाइफ इन्स्योरेन्स

1,961.57

2,538.60

-22.73

एशियन लाइफ इन्स्योरेन्स

1,035.43

978.72

5.79

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

1,133.10

790.11

43.41

सिटिजन लाइफ इन्स्योरेन्स

1,488.81

1,229.85

21.06

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

688.42

712.28

-3.35

आइएमई लाइफ इन्स्योरेन्स

1,407.57

668.42

110.58

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

1,096.56

1,077.96

1.73

सन नेपाल लाइफ इन्स्योरेन्स

1,000.29

1,770.10

-43.49

मेट लाइफ इन्स्योरेन्स

914.58

1,083.49

-15.59

कुल

22,974.38

22,033.45

4.27

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।