रिलायबल नेपाल लाइफ सातौं वर्षमा प्रवेश, ग्राहक सेवालाई उच्च प्राथमिकता दिने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोवार सुरु गरेको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा कम्पनीले अगामी दिनमा ग्राहक सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्दता गरेको व्यक्त गरेको छ ।

सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विश्वास गरी बीमालेख खरिद गर्ने, भूमिका खेल्ने, रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरु, लगानीकर्ताहरु, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।

हालसम्मको उपलब्धीबाट हामीलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि कम्पनीले गरेको छ ।

यस अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर–सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको छ । यस काममा कर्मचारी एवं बीमा अभिकर्ता हरुको सकृय सहभागिता भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।