युरोपका अधिकांश बैंकको अवस्था सकारात्मक, स्ट्रेस टेस्टका आधारमा सबल देखिए

0
Shares

युरोपेली बैंकिङ प्राधिकरणले सार्वजनिक गरेको युरोपियन क्षेत्रका बैंकहरुको स्ट्रेस टेस्टको नतिजा सन्तोषजनक देखिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको प्रतिकूल परिस्थितिलाई अधिकांश युरोपेली बैंकहरुले सहज ढंगले सामना गर्दै आएको स्ट्रेस टेस्ट प्रतिवेदनले देखाएको हो ।

स्ट्रेस टेस्टमा अधिकांश युरोपेली बैंकहरुको पुँजीको अवस्था सबल रहेपनि ३ वटा बैंकहरुले जोखिम न्युनिकरण गर्नका लागि आवश्यक पुँजी जुटाउन नसकेका देखिएको छ । यस्तै अन्य चार बैंकहरुको न्युनतम लिभरेज (कोर क्यापिटल र कुल सम्पत्ति) अनुपात वित्तीय जोखिमसँग जुध्नका लागि प्रयाप्त नरहेको देखिएको छ।

जोखिम व्यवस्थापन तथा न्युनिकरणका लागि बैंकहरुसँग कति पुँजी आवश्यक रहेको भन्ने तथ्यांक बाहिर नआए पनि अरु देशका बैंकहरुको तुलनामा जर्मन र फ्रान्सका बैंकहरुको अवस्था कमजोर रहेकोे प्रतिवेदनमा उल्लेख छ । यस टेस्टले बैंकहरुको जोखिमको भार उठाउन सक्ने वा नसक्ने विषयमा जानकारी दिनुका साथै बैंकहरुको पिलर २ को निरीक्षणका लागि सहयोग पु¥याउनेछ ।

जोखिम व्यवस्थापन गर्न असक्षम बैंकहरुको नाम नखुलाइए पनि फ्रान्स, जर्मनी, ग्रीस र इटालीका बैंकहरुको जोखिम न्युनिकरणका लागि आवश्यक पुँजी अपर्याप्त भएको जनाएको छ । तथापि अन्राष्ट्रिय वित्तीय लेखामान प्रतिवेदन (आइएफआरएस १७ स्ट्याण्र्डड)बाट बैंकहरुको जोखिम व्यवस्थापन क्षमताको मापनगर्ने हो भने हालको पुँजी जोखिम व्यवस्थापनका लागि पर्याप्त हुनेछ ।

प्रतिवेदनमा केही बैंकहरुले जोखिम व्यवस्थापनका लागि बफर पुँजी थप्नु पर्ने आवश्यकता रहेको उल्लेख छ । विश्व अर्थतन्त्र अन्यौलता उन्मुख भएको अवस्थामा बैंकहरुमा जोखिम न्युनिकरणका लागि आवश्यक पर्ने न्युनतम पुँजी भएपनि बफरका क्यापिटल थप्न धौधौ हुने आकलन प्राधिकरणले गरेको छ । प्राधिकरणले युरोप क्षेत्रका ९८ वटा बैंकहरुको स्ट्रेस टेस्ट गरेको थियो । जसमध्ये ७० बैंकहरु जोखिम व्यवस्थापनमा सबल देखिएका छन् ।

विषम् आर्थिक तथा वित्तीय परिस्थितिसँग जुध्नका लागि बैंकसँग पर्याप्त पुँजी छ वा छैन भन्ने मापन गर्नका स्टे«स टेस्ट गरिन्छ । केही महिना अगाडि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको संकटले बैंकहरुको आर्थिक संकट व्यवस्थापन गर्न सक्ने क्षमतामा ठूलो प्रश्न खडा गरेको थियो । युरोपेली बैंकिङ प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले युरोपेली बैंकिङ क्षेत्र सबल रहेको पुष्टि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।